१७ बैशाख २०८१, सोमबार
सन्दिप प्रकरण : पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालतको आदेश
  • काँचुली खबर

३ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।

उच्च अदालतले १८ पुस २०७५ मा जारी भएको जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

उनले जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेका छन् । पीडित गौशाला २६ ले लामिछानेमाथि नाबालिका बलात्कारको आरोपमा थप सजाय हुनुपर्ने माग गरेकी छन् ।

  • ३ बैशाख २०८१, सोमबार १८:५८ प्रकाशित
  • Nabintech