१७ बैशाख २०८१, सोमबार
भन्सार छलिको सामानसहित नेपालगन्जबाट २ जना पक्राउ
  • काँचुली खबर

३ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलिको सामानसहित २ जनालाई पक्राउ गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी मार्फत ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी मुल्य रु. २,१०,०००।– (दुई लाख दश हजार) बराबरको सामानसहित प्रहरीले नेपालगन्ज नेपालगन्ज १५ र १६ बाट २ जनालाई पक्राउ गरेको हो ।

सामान भन्सार छलीको क्रममा प्रयोग गरिएका सवारी साधनसहित दुवैजनालाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्जमा पठाईएको प्रहरीले जनाएको छ।

  • ३ बैशाख २०८१, सोमबार १७:४३ प्रकाशित
  • Nabintech