१७ बैशाख २०८१, सोमबार
एम्बुलेन्स भित्रका सामान चोरी गर्ने २ जना पक्राउ
  • काँचुली खबर

३ वैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित मेडिकल कलेज कोहलपुरको कम्पाउन्ड भित्र पार्किंग गरी राखेको एम्बुलेन्स भित्रका सामान चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ को उमेश खत्री र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २४ को सञ्जु विसुङ्गे रहेका छन् ।

उनिहरुले धनसिंहपुर कैलाली स्वास्थ्य चौकीको सु.प.प्र. ०१-००१ झ ०५१२ नम्बरको एम्बुलेन्सको लक तोडी एम्बुलेन्स भित्र रहेका १० लिटरको अक्सिजन १ थान, सोहिमा प्रयोग हुने फलो मीटर १ थान थोरी गरेका थिए । चोरी भएको सामान सहित दुवैलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ३ बैशाख २०८१, सोमबार १३:४२ प्रकाशित
  • Nabintech