१ बैशाख, काठमाडौँ । दीपेन्द्रसिंह ऐरी र आशिफ शेखको अर्धशतकप्रेरित नेपालले एसीसी प्रिमियर कपमा कतारलाई २११ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् । ईनिण्को अन्तिम ओभरको ६ बलमा दपेन्द्रले ६ छक्का हिर्काए ।
त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।
१ बैशाख २०८१, शनिबार १८:०७ प्रकाशित