सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशन गर्न प्रेस युनियनको माग
  • काँचुली खबर

२७ चैत्र, नेपालगञ्ज । नेपाल पत्रकार महासंघले सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशन तथा साधारणसभा गर्न नेपाल प्रेस युनियन बाँकेले माग गरेको छ ।

पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा तथा अधिवेशनसहितका कुनैपनि प्रक्रिया अगाडि नबढाउन महासंघ बाँके शाखासँग प्रेस युनियन बाँकेले आग्रह गरेको हो ।

नेपाल पत्रकार महासंघले शुद्विकरण अभियानलाई थाँती राख्दै जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस युनियन बाँकेले महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ ।

युनियन बाँके शाखा अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्ष कमल खत्री र सचिव भिष्म लोधले मंगलबार महासंघ बाँके शाखा अध्यक्ष भण्डारीलाई बुझाएको ज्ञापन पत्रमा अधिवेशन घोषणा निर्णयबाट शुद्विकरण अभियान प्रभावित हुने प्रेस युनियनको ठहर रहेको उल्लेख गरीएको छ ।

प्रेस युनियन केन्द्रीय समितिको मिति २०८० चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न निर्णय गर्दै पत्रकार महासंघलाई आग्रह समेत गरेको जानकारी गराइएको ज्ञापन पत्रमा उल्लेख छ ।

साथै महासंघ केन्द्रीय कार्यालय, लुम्विनी प्रदेश कार्यालयलाई बोद्धार्थ पत्रमार्फत महासंघले प्रेस युनियनको माग विपरित अधिवेशन÷साधारण सभालगायत कुनैपनि प्रक्रिया अगाडि बढाएमा सो कार्यको कडा प्रतिवाद गरिने समेत चेतावनी दिएको छ ।

  • २७ चैत्र २०८०, मंगलवार १६:४३ प्रकाशित
  • Nabintech