१५ चैत्र २०८०, बिहीबार
इरानले फेरि धम्की दियो भने ध्वस्त हुन्छः ट्रम्प
  • काँचुली खबर

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध शत्रुतायुक्त नीतिका लागि कडा चेतावनी दिएका छन् ।

केही दिनअघि इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई चेतावनी दिँदै भनेका थिए, ‘मिस्टर ट्रम्प, बाघको पुछरसँग नखेल, यसले केवल तिमीलाई पछुतो मात्रै बनाउनेछ ।’

इरानी अखबार तेहरान टाइम्सका अनुसार रुहानीले इरानी राजनेताको सम्बोधन गर्दै भने, ‘अमेरिकाले यो कुरा निकै राम्रोसँग बुझ्नेछ कि इरानसँग शान्तिमा सबै प्रकारको शान्तिको जननी हो र युद्धका लागि सबै प्रकारका युद्धको पनि जननी हो । मैले कसैलाई धम्की दिइरहेको छैन र कोही हामीलाई डर वा धम्की दिन पनि सक्दैन ।’ इरानी राष्ट्रपतिको उक्त धम्कीपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत इरानी राष्ट्रपतिलाई सावधान गराएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘इरानी राष्ट्रपति रुहानी १ अमेरिकालाई फेरि अर्को धम्की नदिनू । यदि यस्तो फेरि पनि भयो भने इतिहासमा नभएको परिणाम भोग्नुपर्छ । अमेरिका अब त्यो देश होइन जुन तिम्रो धम्की सुनोस् । यसैले सावधान ।’ राष्ट्रपति रुहानीले भनेका थिए, ‘जसले थोरै मात्रै पनि राजनीति बुझेको छ उसले इरानको तेल निर्यात रोक्ने भन्नै सक्दैन । इतिहासले पनि भन्छ कि हामी यो क्षेत्रमा सामुद्रिकमार्गमा शान्तिको ध्वजाबाहक हौं ।’

इरानले होरमुज समुद्रीमार्ग बन्द गर्ने कुरा गरिरहेको छ जो उसको नियन्त्रणमा छ । केही दिनअघि इस्लामिक रिभोलुसनका नेता अयोतोल्लाह खमेनइले अमेरिकाका विरुद्ध राष्ट्रपति रुहानीको नीतिको समर्थन गरेका थिए । यसपछि राष्ट्रपति रुहानीले अमेरिकालाई यो चेतावनी दिएका हुन् ।

राष्ट्रपति रुहानीले भने, ‘यदि इरान आफ्नो तेल निर्यात गर्न पाएन भने यो क्षेत्रका कुनै पनि देशले तेल निर्यात गर्न पाउनेछैनन् । ट्रम्पले आफ्नो हितका लागि पूरै विश्वलाई जोखिममा पार्न खोजेका छन् । अमेरिकी नीति मुसलमानविरोधी छ, यही कुरा भन्नका लागि योभन्दा राम्रो अवसर पाइनेछैन ।’

साउदीसँग सहकार्यका लागि इरान तयार
रुहानीले भनेका छन्, ‘म अब सजिलैसँग सारा दुनियाँलाई भन्न सक्छु, अमेरिका शान्तिका लागि प्रतिबद्ध छैन । ऊ अन्तर्राष्ट्रिय सन्धिका लागि पनि इमानदार छैन । सन् २०१५ मा जुन परमाणु सम्झौतामा विश्वका ६ देशले हस्ताक्षर गरेका थियौं त्यसलाई अमेरिकाले ध्वस्त पारिदियो ।’

रुहानीले साउदी अरब, बहराइन र संयुक्त अरब इमिरेट्सले आफ्नो जिद्दी छोड्ने हो भने सहकार्यका लागि तयार भएको पनि बताए ।

इरानमा यो कुरामा सहमति भइरहेको जस्तो देखिएको छ कि यदि इरानले तेल निर्यात रोक्यो भने खाडीका अन्य देशले पनि तेल निर्यात रोक्छन् भन्ने कुरामा इरान विश्वस्त भएको जस्तो देखिएको छ ।

अमेरिका विश्वभरिका ती देशमा आफ्नो दबाब बनाइरहेको छ जसले इरानबाट तेल आयात गरिरहेका छन् । जुन देश इरानबाट तेल खरिद गरिरहेका छन् ती देशमाथि अमेरिकाले इरानबाहेकका अन्य देशबाट तेल किन्न दबाब दिएको बुझिएको छ । समाचार एजेन्सी रोयटर्ससँग इरानको उच्च सैन्य अधिकारीले भनेअनुसार ट्रम्प प्रशासन इरानमाथि आक्रमणको योजना बनाइरहेको छ ।

अमेरिकाको कडा प्रतिबन्ध
अमेरिकाको नयाँ प्रतिबन्धका कारण इरानको तेल निर्यातमा यो वर्षको अन्तसम्ममा दुई तिहाइले कमी आउन सक्ने अनुमान गरिएको छ । यसकारण विश्वभरिको तेल आपूर्तिमा कमी आउनेछ ।

अमेरिकाले इरानी तेलको विश्व बजारबाट नै हटाउन चाहेको थियो, तर पछि उसको घमण्डमा केही नरमपन आयो । किनकि अमेरिकालाई लाग्यो उसको केही सहयोगी देश जुन इरानको तेलमा निर्भर छन् ।

  • ८ श्रावण २०७५, मंगलवार १३:३० प्रकाशित
  • Nabintech