२१ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज कारागारमा एक जना कैदीको मृत्यु
  • काँचुली खबर

२१ चैत्र, नेपालगन्ज । नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए ।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ ।

गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

  • २१ चैत्र २०८०, बुधबार १७:१४ प्रकाशित
  • Nabintech