२० बैशाख २०८१, बिहीबार
खजुराको क्यान्सर अस्पतालमा आगलागी, दमकल कुर्दै अस्पताल प्रशासन
  • काँचुली खबर

१८ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा. प्रकाश साहले जानकारी दिए ।

साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको साहले बताए ।आगलागीबारे जानकारी गराए पनि अहिलेसम्म दमकल पुगी नसकेको उनले बताए ।

अहिले स्थानीयबासीहरुले पानी हालेर आगो निभाउने प्रयास गरीरहेका छन । भित्र जाने स्थिति नभएको मेसु साहले बताए ।

अस्पतालको सिटि स्क्यान रुमबाट धुँवा निस्किएको देखिएपछि नियन्त्रणका लागि दमकल बोलाइएपनि अझै दमकल पुग्न सकेको छैन । ‘सिडियो सापलाई दमकल पठाउन भनेको छु तर अझै आएको छैन’ साहले भने ।

सिटि स्क्यान र बिरामी बस्ने ब्लक फरक रहेकाले मानवीय क्षतीको जोखिम भने नभएको साहले बताए ।

  • १८ चैत्र २०८०, आईतवार १७:२४ प्रकाशित
  • Nabintech