१५ बैशाख २०८१, शनिबार
कुइकुण्डा प्राविको ४०औं वार्षिक उत्सव सम्पन्न
  • काँचुली खबर

१ चैत्र, माेरङ । माेरङकाे लेटाङ-१ मा रहेको श्री कुइकुण्डा प्राथमिक विद्यालयले आफ्नो ४० औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । वि.स. २०४० सालमा स्थापना भएको विद्यालयले बिहीबार विविध कार्यक्रम सहित आफ्नो वार्षिक उत्वस सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका वडा नंं. १ का वडा अध्यक्ष विष्णु कुमार मगरले विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिद्धता जनाउँदै विद्यालयले शैक्षिक गुणस्तर सुधार्दै गएकोमा खुशि व्यक्त गरेका छन् । साथै उनले विद्यार्थी, शिक्षक, अभिभावक बिच अन्र्तक्रिया भईरहनुपर्ने बताउँदै स्थानीय सरकारले त्यसका लागि काम गरिरहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख कृष्ण कुमार राईले विश्व परिवेश अनुसारको जनशक्ति उत्पादन आजको आवश्यकता भएकाले विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख लक्ष्य लिनुपर्ने बताएका छन् ।

कार्यक्रममा पहाडि ग्रामिण विकास संस्था (हर्डन)का कार्यक्रम संयोजक सुरेश अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर्डनले आवश्यक सहयोग गरिरहेको बताउँदै विद्यालयले आगामी दिनहरुमा पनि विद्यालयको शैक्षिक विकासलाई ध्यान दिन सुझाव समेत दिएका छन् ।

कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. १ की वडा सदस्य गीता मगर, श्री साग्मा माविका प्राध्यानाध्यापक डिल्ली अधिकारी, समाजसेवी किरण मगरले विद्यालयले बालबालिकाको भावना बुझेर शिक्षण गर्न सुझाव दिँदै बालबालिकाको जिम्मेवार पक्ष घर परवार नै भएकाले सोहि अनुसार विद्यार्थीहरुलाई घरमा शिक्षण सिकाइमैत्री वातावरण तयार पर्नुपर्ने बताएका थिए ।

विद्यालयकी प्राध्यानाध्यापक गौरीमाया मगरले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने कार्यक्रममा विद्यार्थी, शिक्षकहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

 

सो अवसरमा विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग गरेका एमसिसि नेपाल, हर्डन तथा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धन बहादुर लिम्बुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा भलिबल प्रतियोगिता, तातो आलु प्रतियोगिता, चिठ्ठा तान्ने प्रतियोगिता, घुईटो फोर प्रतियोगिता सम्पन्न गरिएको थियो भने विद्यालयले वर्षभरी सम्पन्न गरेका अत्तिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुलाई प्रदान गरिएको पुरस्कारको व्यवस्थापन हर्डन संस्थाले गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण शिक्षक राम बहादुर रावतले गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि, छिमेकी विद्यालयका प्राध्यानाध्यापक, शिक्षक प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • १ चैत्र २०८०, बिहीबार २१:१६ प्रकाशित
  • Nabintech