२० बैशाख २०८१, बिहीबार
नेपालगन्जमा १०० काेठाकाे पाँचतारे ‘पाैवा’ हाेटल खुल्दै
  • काँचुली खबर

१८ फागुन, नेपालगन्ज । बाँकेकाे नेपालगञ्जमा १०० काेठाकाे पाँचतारे हाेटल संचालनमा आउने भएकाे छ । नेपालगन्जकाे खजुरारोडमा ‘हाेटल पौवा’ काे १३ औं शाखा निर्माण हुने भएको हाे ।

कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिति जनाइसकेको होटलले पर्यटनको पश्चिम ढोकाकारुपमा रहेको नेपालगञ्जमा आफ्नाे शाखा विस्तार गर्न लागेकाे हाे ।

नेपालगञ्ज खजुरारोडस्थित करिब दुई विगाहा क्षेत्रफलमा बिहिबारबाट निर्माण शुभारम्भ गरिएको १०० कोठे उक्त होटलको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले एक समारोहबीच शिलान्यास गरेका छन । करिब रु. एक अर्ब लागत रहेका होटलको निर्माण कार्य दुई वर्षमा सक्ने लक्ष्य निर्धारण गरिएको छ । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल आदर्शलाई अंगिकार गर्दै पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाले फरक फरक स्वाद र परिकारका पाँच वटा रेष्टुरेन्ट, चार वटा ठूलो सभाहल सहित १४ मिटिङ हल, सात वटा स्वीट रुम सहित ८० डिलक्स रुमा रहने जनाइएको छ ।

शिलान्यास समारोहमा होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग हुने दाबी गर्नुभयो । ‘होटलमा प्रवे्श गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरि होटलले सेवा दिनेछ’, अध्यक्ष भण्डारीले भने ।

त्यस्तै संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महसुस् गर्ने र विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास दिलाए ।

पौवाले लुम्बिनी प्रदेशको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरी, पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सहित होटल सञ्चालन गर्दै आएको छ ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १०:१० प्रकाशित
  • Nabintech