१६ बैशाख २०८१, आईतवार
कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ
  • काँचुली खबर

१६ फागुन, काठमाडौं । आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।

काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • १६ फाल्गुन २०८०, बुधबार १७:३४ प्रकाशित
  • Nabintech