२२ बैशाख २०८१, शनिबार
६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न थालियो
  • काँचुली खबर

४ फागुन, काठमाण्डौं । ६४ वर्षपछि नेपालमै हुलाक टिकट छाप्न थालिएको छ । हुलाक सेवा विभागले जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक टिकट छपाइ थालेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आयोजित कार्यक्रममा ११ अलगअलग डिजाइनका हुलाक टिकटमा टाँचा मारेर उद्घाटन गरिन् । ०१६ पछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न थालिएको विभागले जनाएको छ ।

प्रचलित खरिद कानुनअनुसार जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइ गरेको हो । विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आएको छ । नेपालमै छपाइ सुरु भएपछि अब समय, लागत र प्रकियामा सहज हुने विश्वास विभागको छ ।

आगामी दिनमा स्वदेशमा टिकट नेपालमै छाप्न सकिने विभागको भनाइ छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बन्ने र आम्दानी पनि हुने विभाग बताउँछ ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १८:०४ प्रकाशित
  • Nabintech