१२ बैशाख २०८१, बुधबार
४० औं पुष्पलाल स्मृति दिवस मनाईयो
  • काँचुली खबर

नेकपा नेता एवं बाँके क्षेत्र नं १ का सभाषद महेश्वर गहतराज अथकले पुष्पलालको आर्दश अब कम्युनिष्ट कार्यकर्ताहरुले अनुशरण गनुपर्ने बताएका छन । सोमवार पुष्पलाल स्मृति दिवसका आवसरमा नेपाल कम्युुनिष्ट पार्टि (नेकपा) बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै अथकले यस्तो बताएका हुन । उनले पुष्पलाल एक नेता मात्रै नभएर कम्युनिष्ट आर्दश भएको भन्दै पुष्पलालको आदर्शको अनुशरण गर्नुपर्ने बताएका हुन ।
पार्टि एकताको प्रसङ्गलाई जोडदै नेता अथकले नेपाल कम्युुनिष्ट पार्टि (नेकपा) निर्माण पुष्पलालाको सपना रहेको भन्दै अब सो सपना पुरा हुने चरणमा पुगेको धारणा राखे । नेपालको शोषण र उत्पीडनबाट नेपाली जनतालाई मुक्ति दिन पुष्प लाल लगायतका नेताहरुले कम्युनिष्ट पार्टिको निर्माण गरेको उनको भनाई थियो ।

नेपालगंजको पुष्पलाल चोकमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि नेकपाका नेता एवं संसद नन्दलाल रोकाय, पुर्व सभाषद देवराज भार, प्रदेश सभाषद आई।पि। खरेल, बावुराम गौतम, लगायतका नेताहरुले मन्तब्य राखेका थिए ।
पुष्पलाल क्षेत्र नेपाल कम्युनिष्ट पार्टिका संस्थापक महासचिव हुन । पुष्पलाल लगायतका नेताहरुले २००६ सालमा कम्युनिट पार्टिको स्थपना गरेका थिए ।

  • ७ श्रावण २०७५, सोमबार १८:३८ प्रकाशित
  • Nabintech