२७ बैशाख २०८१, बिहीबार
भेरी अप्पतालमा एमआरआई सेवा संचालनमा ल्याईने
  • काँचुली खबर

२३ माघ, नेपालगन्ज । भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै अस्पतालमा रहेको अत्याधुनिक करिब २४ करोडको एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन संचालनमा ल्याइने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले तत्काल सो मेसिन संचालनमा ल्याउने जनाएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा बासेको बैठकले सेवाग्राहीलाई मध्यनजर राखी सो मेसिन संचालनमा ल्याउने निर्णय गरेको छ । विशिष्ट क्षमताको म्याग्नेटम भिटा सिष्टमको थ्री टी एमआरआई मेसिन गत साउनको पहिलो हप्ता भेरी अस्पतालमा आइपुगेको थियो । भेरी अस्पतालको तत्कालीन प्रशासनले त्यसका लागि आवश्यक अन्य सामानसमेत आइपुगेको जनाउँदै केही हप्ताभित्रै मेसिन जडान गरी सेवा सुरु गरिने जनाएको थियो ।

मेसिन जडानमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराएर भएपनि सो मेसिन जडान गर्ने विकास समितिले निर्णय गरेको अध्यक्ष शाहले जानकारी दिए । विकास समितिले पुर्णता पाएपछि रोकिएका काम पुनः सुरु हुने मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जंङ रायमाझीले बताए ।

न्यूरोसर्जरी, आर्थोस्कोपीलगायत विभिन्न विशिष्टीकृत सेवा सुरु भइसकेको भेरी अस्पतालमा एमआरआई मेसिन सुचारूसँगै सेवाग्राहीले भरपुर सस्तोमा सुविधा पाउने विकास समिति सदस्य डा. डक्ट प्रसाद धितालले बताए ।

  • २३ माघ २०८०, मंगलवार २१:५० प्रकाशित
  • Nabintech