२७ बैशाख २०८१, बिहीबार
संस्थागत विद्यालयसँग शिक्षक कर्मचारीको बैंक विवरण माग
  • काँचुली खबर

१४ माघ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले पालिकाभित्रका सबै संस्थागत विद्यालयको शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गरेको बैंक विवरण माग गरेको छ ।

कतिपय संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रामिक पनि नदिने गुनासो आएकोले वैंक सिट मागिएको शिक्षा शाखा प्रमुख रामबहादुर हमालले जानकारी दिए ।

शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनत्तम पारिश्रामिक दिलाउनको लागि र तलब तथा भत्ता बैंकमार्फत दिनुपर्ने नियमभित्र ल्याउनको लागि सूचना जारी गरिएको शाखा प्रमुख हमालले बताए ।

नगरपालिकाले आइतबार सूचना जारी गर्दै फागुन ६ गतेभित्र सबै संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकासा गरेको प्रमाणित बैंक सिटको प्रतिलिपी बुझाउन निर्देशन दिएको छ । पालिकाभित्र करिब ६० वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको पालिकाले जनाएको छ ।

  • १४ माघ २०८०, आईतवार १६:५६ प्रकाशित
  • Nabintech