१९ बैशाख २०८१, बुधबार
एसईईको परिक्षा तालिका सार्वजनिक (तालिकासहित)
  • काँचुली खबर

८ माघ, काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको बैठकले एसईईको तालिका सार्वजनिक गरेको हो । परीक्षाका लागि चार लाख ८९ हजारभन्दा धेरै विद्यार्थीले फारम भरेका छन् ।

यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ अङ्क ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।

  • ८ माघ २०८०, सोमबार १६:०८ प्रकाशित
  • Nabintech