१९ बैशाख २०८१, बुधबार
केयू र काेहलपुर नगरपालिकाबिच सम्झाैता पत्रमा हस्ताक्षर
  • काँचुली खबर

८ माघ, काेहलपुर । काठमाण्डौं विश्वविद्यालय (केयू) र कोहलपुर नगरपालिकाबीच नगरपालिका भित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य र विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डिन डा. बालचन्द्र लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

यस सम्झौताले शिक्षामा प्रतिवद्धता दिनुका साथै स्थानीय शिक्षा परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन व्यापक योजनाको रुपरेखा प्रस्तुत गर्ने नगरपालिकाले दाबी गरेकाे छ ।

यस सम्झाैता अन्तर्गत काठमाण्डौं विश्वविद्यालयले कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिबृदी गर्न आफ्नो विशेषज्ञता प्रदान गर्ने छ । काठमाण्डौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनले तल उल्लेखित कार्यकालागि सहमति भै कार्यक्रम सिपिइसी मार्फत कार्यसम्पादन गर्ने सम्झाैता पत्रमा उल्लेख गरिएकाे छ ।

– शैक्षिक नीति तथा कार्यक्रम निर्माण,
– अनुसन्धान तथा नविनता केन्द्र,
– अभिनव शिक्षण विधिहरु लागु गर्ने,
– समावेशी तथा विशेष आवश्यकता कार्यक्रम संचालन गर्ने,      –  बहुसाक्षरता कार्यक्रम संचालन गर्ने,
– परीक्षा संचालन तथा मूल्याङ्कन अभिमुखिकरण कार्य गर्ने, – प्राविधिक तथा व्यवसायिक शिक्षा कार्यक्रम,
– शिक्षकहरु एवम् शिक्षक अगुवाहरुको ब्याक्तित्व विकास कार्यक्रम,
– दस्तावेजीकरण र प्रतिवेदन विकास

  • ८ माघ २०८०, सोमबार १०:२६ प्रकाशित
  • Nabintech