२३ बैशाख २०८१, आईतवार
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
  • काँचुली खबर

७ माघ, काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन । उनी आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उनी गत माघ ४ गते युगान्डाको कम्पाला गएका थिए ।

प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू युगाण्डा पुगेका थिए ।

  • ७ माघ २०८०, आईतवार ०९:५७ प्रकाशित
  • Nabintech