४ जेष्ठ २०८१, शुक्रबार
शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान
  • काँचुली खबर

४ माघ, काठमाडौँ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गरेका छन ।

माघ ५ र ६ गते हुने असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गरेका हुन । प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेेकाे हाे ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन ।

प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई माघ ५ गते सम्बोधन गर्नेछन ।

असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक हो। नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमा आधारित छ।

प्रधानमन्त्री माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ।

  • ४ माघ २०८०, बिहीबार ०९:३८ प्रकाशित
  • Nabintech