२३ बैशाख २०८१, आईतवार
भालुवाङ दुर्घटना अपडेट : पाँचकाे मृत्यु, २५ जनाकाे उद्दार
  • काँचुली खबर

२७ पुस, दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । हालसम्म २५ जनाको उद्धार गरिसकेको उनले बताए ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस राति साढे १० बजे राप्ती नदीमा खसेको थियाे ।

दुर्घटनामा अन्य पनि च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ।रातको समय भएकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएकाे छ ।

उद्दार गरीएका २५ जनालाई उपचारकालागि भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।

  • २७ पुष २०८०, शुक्रबार २३:४० प्रकाशित
  • Nabintech