४ बैशाख २०८१, मंगलवार
पूर्वयुवराज पारस शाह पत्नी हिमानी एका विहानै पशुपतिमा‘
  • काँचुली खबर

पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाह सोमबार विहानै पशुपतिमा देखा परिन् । साउनको पहिलो सोमबार बिहान पशुपति दर्शन गर्न त्यहाँ गएकी हुन् । शाह वर्षको पहिलो साउने सोमबारका दिन छोरा हृदयेन्द्र र जेठी छोरीसहित दर्शनका लागि पशुपति पुगेकी थिइन् । केही सहयोगीसहित पशुपति पुगेकी उनले झण्डै आधा घण्टा मन्दिर परिसरमा बिताइन् । प्रफुल्ल मुद्रामा देखिएकी शाह परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित अभिवादन गर्दै मन्दिर तर्फ अघि बढेकी थिइन् । फर्कंदा पनि उस्तै मुस्कानका साथ शुभेच्छुकलाई अभिवादन गरिन् र गाडी चढेर फर्किइन् । पति पारससँग उनको सम्बन्ध सुमधुर छैन । र, पनि उनी उस्तै उमंगका साथ सार्वजनिक समारोह तथा कार्यक्रमहरुमा देखिने गरेकी छन् । पुर्वराजपरिवार धर्मकर्ममा बढि विश्वास गर्ने गर्दछन ।  परिवारका अन्य सदस्यजस्तै हिमानी पनि पूजा-आजामा समय बिताउने गरेकी छन् ।

  • ७ श्रावण २०७५, सोमबार १२:५९ प्रकाशित
  • Nabintech