२३ बैशाख २०८१, आईतवार
“हुर्किएका बिरुवा भाँचियाे, ट्रि-गार्ड फालियाे”
  • काँचुली खबर

२४ पुस, काेहलपुर । कोहलपुर न्यूरोडमा नगरपालिकाले लगाइएको विरुवामा अज्ञात समुहले क्षति पुर्याएकाे छ । सोमबार राती न्यूरोडस्थित खुल्ला मैदानमा लगाईएका करिब ५ वटा विरुवा अज्ञात समुहले भाँचेर फालेकाे अवस्थामा फेला परेका छन ।

हरित नगर अभियान अन्तर्गत काेहलपुर नगरपालिकाले खुल्ला मैदानकाे चारैतर्फ कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको बिरुवा लगाएकाे थियाे । बिरुवा संरक्षणकालागि राखिएका ट्रि गार्ड फालेर बिरूवामा क्षति पुर्याईएकाे काेहलपुर नगरपालिकाले जनाएकाे छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्यले मंगलबार बिहान सामाजिक संजालमा लामाे स्टाटस लेख्दै दाेषिलाई कडा कारबाहि गर्ने चेतावनी दिएका छन ।

नगरपालिका स्राेतका अनुसार ३ हजार ४० कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको बिरुवा र अन्य ५ सय गरेर नगरभरी ३ हजार ५ सय बिरुवा रोपिएको छ ।

  • २४ पुष २०८०, मंगलवार ११:०६ प्रकाशित
  • Nabintech