१५ बैशाख २०८१, शनिबार
अस्पतालकाे इमर्जेन्सी बेडमा कुकुर, तीन जना निलम्बित
  • काँचुली खबर

१७ पुस, काठमाडौँ । कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो ।

अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भए पनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका अस्पतालका मेसु विपिन जैसवालले जानकारी दिए ।

मेसु जैसवालका अनुसार अस्पताल प्रशासनलेले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ ।

  • १७ पुष २०८०, मंगलवार २१:४४ प्रकाशित
  • Nabintech