८ जेष्ठ २०८१, मंगलवार
भुकम्प प्रभावित वालवालिकालाई नि:शुल्क पाेशाक वितरण
  • काँचुली खबर

८ पुष, काेहलपुर । नेपाल घरबहाल उपभोक्ता मंच बाँकेका निबर्तमान अध्यक्ष तिलक सिंह कार्कीले जाजरकोट भुुकम्प प्रभावित बिपन्न दलित बालबालिकाहरुलाई निशुल्क पोशाक उपलब्ध गराएका छन ।

आईतबार कार्कीले आफ्ना स्वर्गीय आमा रुपसरा कार्कीको पुन्य तिथि र बुवा स्वर्गीय बालाराम कार्की र स्वर्गीय छोरा सुबास कार्कीको सम्झनामा कोहलपुर-२ स्थित शिबशक्ति आधारभुुत बिद्यालका पाँच जना बिपन्न दलित तथा भुुकम्प प्रभावित बालबालिकालाई जाडोमा लगाउने न्यानो पोशाक बितरण गरेका हुन ।

कोहलपुरका कार्की साईकल पसलका सचालक तथा समाजसेवी कार्कीले जाजरजोट बारेकोट गाऊँपालिकाकाबाट भुुकम्पका कारण बिस्थापित भई कोहलपुर आफन्तको घरमा बस्दै आएका र शिवशक्ती आधारभुुत बिद्यालयमा कक्षा ३ मा अध्यनरत पुजा बिक, कक्षा २ का समीक्षा नेपाली, कक्षा २ कै बिक्रम नेपाली, कक्षा १ का खुुसी बिक र कक्षा १ मै अध्यनरत गुन्जन पौडेललाई बिद्यालयको समन्वयमा एक एक जोर न्यानो कपडा दिएको समाजसेवी कार्कीले जानकारी दिए ।

हाल शिवशक्ती आधारभुुत बिद्यालयमा जाजरकोट भुुकम्प प्रभावित १२ जना बालबालिकाहरु अध्यनरत छन । उनीहरुलाई बिद्यालयले निशुल्क पोशाक र पुस्तक तथा स्टेशनरी उपलब्ध गराएको बिद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले जानकारी दिए ।

  • ८ पुष २०८०, आईतवार १७:१६ प्रकाशित
  • Nabintech