१४ बैशाख २०८१, शुक्रबार
पत्रकार हरि अधिकारीलाई सहयाेग रकम हस्तान्तरण
  • काँचुली खबर

पत्रकार हरी अधिकारीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । खजूरा सञ्चार समूहले विभिन्न संघ संस्था र ब्यक्तिसँग संकलन गरेको ५८ हजार ५०० रुपिया आइतबार परिवारलाई हस्तान्तरण गरेको हो । खजूरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लले १५ हजार, सद्भाव दैनिकका सम्पादक/प्रकाशक दामोदर भण्डारीले १० हजार, चितवन सेवा समाजका अध्यक्ष चन्द्र श्रेष्ठले ८ हजार, सदरलाईन डट कमका सम्पादक रुद्र सुवेदीले ५ हजार, लोकप्रिय सन्देश दैनिकले ५ हजार, बाँके पोष्टका अध्यक्ष राजन श्रेष्ठले ५ हजार, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले ५ हजार र काँचुली खबर डटकमका गजेन्द्र गुरुङले पत्रकार अधिकारीको उपचारका लागि उपलब्ध गराएको ३ हजार गरि ५६ हजार रुपिया आइतबार पत्रकार अधिकारीकी पत्नि जमूना उपाध्याय वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

खजूरा सञ्चार समूहका सचिव गोविन्द शर्मा र सल्लाहकार रुद्र सुवेदीको पहलकदमीमा सहयोग रकम संकलन गरिएको हो । खजूरा सञ्चार समूहले पत्रकार अधिकारीको उपचारका लागि बिभिन्न संस्घ संस्था र ब्यक्तिहरुले सहयोगको प्रतिवद्धता गरेको जनाएको छ । विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनासाथ परिवारलाई हस्तान्तरण गरिने समूहले जनाएको छ । गएको साउन ४ गते राती पत्रकार अधिकारी मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाइते भएका हुन् ।

यसैबिच पत्रकार महासंघ बाँकेकाे पहलमा घाइते पत्रकार अधिकारीलाई थप उपचारकालागि काठमाडौं लगिने भएको छ । शिक्षणअस्पताल नेपालगञ्जमा उपचाररत अधिकारीलाई थप उपचारका लागि आइतबार साँझ राजधानी लैजाने तयारी गरिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए ।

  • ६ श्रावण २०७५, आईतवार १७:०० प्रकाशित
  • Nabintech