अनेम संघ (क्रान्तिकारी) बाँकेकाे जिल्ला भेला सम्पन्न
  • काँचुली खबर

२४ मंसिर, नेपालगन्ज । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार  नेपालगन्जमा भएको भेलाले  संयोजक र  सह-संयोजक पछि ताेक्ने गरि ७५ सदस्यीय जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थयी कमिटी सदस्य तथा बाँके इन्चार्ज कुल प्रसाद केसी (साेनाम) ले संगठनलाई सशक्त बनाउन क्रियाशील भएर लाग्न क्रान्तिकारी महिलालाई आग्रह गरे । उनले दश वर्षिय जनयुद्धबाट प्राप्त गरेका उपलब्धिसहितको व्यवस्थालाई खोस्न केही पश्चगामी शक्ति लागिपरेको र त्यसको प्रतिरोध गर्न क्रान्तिकारी शक्ति लाग्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केसीले माओवादीले ल्याएको व्यवस्थाकै कारण आज महिलाहरूले आफ्नो अधिकार प्रयोग गर्न पाएको बताए । माओवादीको नेतृत्वमा आएको व्यवस्थाकै कारण महिला पहिलो राष्ट्रपति, पहिलो सभामुख, प्रमुख  न्यायाधीशलगायतका विभिन्न पद पाउन सफल भएको बताए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेससभा सदस्य कृष्ण केसि (नमुना)ले महिलाहरू माओवादीको दश वर्षे जनयुद्धबाट आत्मानिर्भर हुने अवस्थामा आएको र अझै पनि समाज परिवर्तनको लागि महिलाहरू लागि पर्नुपर्ने बताए ।

केसिले संगठनका गतिविधिलाई तिब्रताका साथ अगाडि बढाउन नेतृत्वलाई आग्रह गरिन । पार्टीका बाँके  जिल्ला संयोजक  नरेन्द्र पाण्डे (जेम्स) ले बाँके  जिल्लाको माओवादी केन्द्रभित्रका महिलाहरू सक्षम भएर सिंगो जिल्लालाई परिवर्तन गर्ने अवस्थामा पुग्नुपर्ने बताए । संयोजक पाण्डेले माओवादी आन्दोलनमा महिलाले खेलेको भूमिका सधै स्मरणीय हुने बताए ।

  • २४ मंसिर २०८०, आईतवार ०९:३५ प्रकाशित
  • Nabintech