लाइसेन्स बनाईदिने भन्दै ठगी गर्ने चौधरी पक्राउ
  • काँचुली खबर

२२ मंसिर, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लाइसेन्स बनाईदिने भन्दै ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

लाईसेन्स बनाईदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुसँग नगद लिइ ठगी गर्ने बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ का २८ वर्षीय सुरेश चौधरी पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव निरीक्षक नारायण डाँगीका अनुसार बिभिन्न मितिमा व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा चौधरीलाई यही २० गते पक्राउ गरिएको छ ।

पक्राउ गरिएको चौधरीलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • २२ मंसिर २०८०, शुक्रबार १६:२१ प्रकाशित
  • Nabintech