२१ बैशाख २०८१, शुक्रबार
खजुरामा स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो
  • काँचुली खबर

१९ मंसिर, खजुरा । खजुरामा मङ्गलबार एक कार्यक्रमका बीच २०औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखा खजुराको आयोजनामा २०औं राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान) ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य रहेको भन्दै प्रशंसा ब्यक्त गरे । प्रभावकारी स्वास्थ्य सेवाले मानव जीवन गुणस्तरीय बनाउनुका साथै आर्थिक र सामाजिक विकासलाई टेवा पुऱ्याइ देशलाई समृद्धि तर्फ लैजाने जिकिर गर्दै विकले स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयंसेविकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको बताए ।

गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटाउन स्वयंसेविकाहरुले अहम भुमिका निर्वाह गरेको बताईन । स्वयंसेविकाहरुले बिभिन्न समस्या झेल्दै आएको उल्लेख गर्दै उपाध्यक्ष मल्लले आफ्ना समस्याहरुको बारेमा जानकारी दिन स्वयंसेविकाहरुलाई अनुरोध गरीन । उनले हरेक प्रकारका समस्या समाधानकालागी आफु प्रतिबद्ध रहेको समेत बताईन ।

उक्त कार्यक्रम १० जना स्वास्थ्य स्वयंसेविकालाई जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको र ३ जना स्वास्थ्य स्वयंसेविकालाई बिदाई गरिएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जानकारी दिए ।

  • १९ मंसिर २०८०, मंगलवार १६:२७ प्रकाशित
  • Nabintech