२० बैशाख २०८१, बिहीबार
भेरी अस्पतालमा थपियो अर्को विशेषज्ञ सेवा
  • काँचुली खबर

१४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले एकपछि अर्को विशेषज्ञ सेवा थप्दै गएको छ । अस्पतालले गत कात्तिक २१ गतेदेखी ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु गरेको हो । विशेषज्ञ डा. कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहेका छन् । अस्पतालमा सार्वजनिक बिदाको दिन बाहेक हरेक हप्ताको आइतबार, मंगलबार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा सुरु भएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. दिनेशकुमार चौधरीले जानकारी दिए ।

अस्पतालले एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु गरेपछि गरिव तथा विपन्न वर्गका बिरामीलाई थप राहत मिलेको छ । यसअघि उक्त सेवा अस्पतालमा नहुँदा बिरामीले निजी अस्पतालमा गएर सेवा लिनु परेको थियो । भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले ग्यास्ट्रो सर्जरी सम्बन्धी सेवा लिने बिरामीलाई सहज भएको बताए ।

‘भेरी अस्पतालले यो सेवा सुरु गरिसकेको छ, हप्ताको आइतबार, मंगलबार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा दिएका छौं, अस्पतालमा आउने बिरामीले यो सेवा पाउनु हुन्छ,’ अध्यक्ष शाहले भने । अस्पतालले निकट भविष्यमा अन्य विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

  • १४ मंसिर २०८०, बिहीबार १५:४८ प्रकाशित
  • Nabintech