१५ बैशाख २०८१, शनिबार
ऋण मुक्त भयो नेपाल आयल निगम
  • काँचुली खबर

१४ मंसिर, काठमाडौं । करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋण मुक्त भएको छ ।

२०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको छ ।

नेपाल सरकारलाई अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर निगम पेट्रोलियमको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् ।

निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । तर असोजदेखि त्यो प्रणाली पनि लागू गरेको छैन ।

स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा राख्न पाउने व्यवस्था छ । अहिले निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ ।

  • १४ मंसिर २०८०, बिहीबार १२:५४ प्रकाशित
  • Nabintech