कोहलपुर ल्याउने क्रममा बाटोमै मर्यो पासोमा परेको चितुवा
  • काँचुली खबर

फाईल तस्बिर ।

१३ मंसिर, कोहलपुर । पासोमा परेको चितुवालाई उद्धार गरी बाँके ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-६ नरपानी जंगलमा पासोमा परेको चितुवालाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

स्थानीय, सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीले उद्धार गरी निकुञ्जमा ल्याउने क्रममा मंगलबार सन्धिखर्क-गोरुसिंगे सडक खण्डको शीतगंगा नगरपालिकाको डाहोटे नजिकै मरेको डिभिजन वन अधिकृत ईश्वरी पौडेलले बताए ।

  • १३ मंसिर २०८०, बुधबार १७:२० प्रकाशित
  • Nabintech