२१ बैशाख २०८१, शुक्रबार
मेटिनै लागेका जेब्रा-क्रसले पाए नयाँ स्वरुप
  • काँचुली खबर

१२ मंसिर, कोहलपुर । झण्डै मेटिने अवस्थामा रहेका कोहलपुर-नेपालगन्ज सडकखण्डका जेब्रा क्रसमा रंगरोगन सुरु गरीएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकमा रहेका जेब्रा क्रसलाई साईनिङ गर्ने काम सुरु गरीएको हो ।

जसअन्तर्गत मंगलबार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्र वरपर रहो जेब्रा क्रसमा रंगरोगन गरीएको छ । जेसिज सप्ताहका अवसरमा कोहलपुर जेसिज २०२३ ले ट्राफिक प्रहरीसागको समन्वयमा जेब्रा क्रसलाई नयाँ स्वरुप प्रदान गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपिकृष्ण सुवेदी, प्रहरी सहायक निरीक्षक मदन सिंह मातर, कोहलपुर नगर प्रहरी प्रमुख वीर वहादुर थापा, कोहलपुर जेसिज २०२३ का अध्यक्ष धुर्बराज आचार्य, जेसिजका अन्य पदाधिकारी, कोहलपुर नगरपालिका वडा नं. १० का वडा सदस्य श्यामलाल थारु र प्रहरी बिट १ नम्बर हाईस्कुलका प्रहरीहरुको उपस्थिती तथा सहजिकरणमा मेटिएको जेब्रा क्रसमा रंग लगाईएको हो ।

कोहलपुर जेसिजको सहयोगमा नेपाल प्रहरी, नगर प्रहरी र जेसिजका पदाधिकारीहरुले कामलाई सहजिकरण गर्दै करिव ३२०० बालबालिका अध्यनरत त्रिभुवन माध्यामिक विद्यालय नजिक गरिएको यो कार्यले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिईएको बाँकेका ट्राफिक प्रमुख गोपिकृष्ण सुवेदीले बताए ।

जेसिज सप्ताहकै अवसरमा कोहलपुर जेसिजले भोलि पाँचौं दिन डाईनामिक कलेज नजिक, साझा चोक चप्परगौंरी तथा बजारका अन्य ब्यस्त सडकमा समेत जेब्रा क्रस रंगरोगन कार्यलाई निरन्तरता दिईने कोहलपुर जेसिजका अध्यक्ष धुर्बराज आचार्यले जनाएका छन ।

  • १२ मंसिर २०८०, मंगलवार १७:४९ प्रकाशित
  • Nabintech