घुस रकमसहित बर्दियाबाट प्रहरी नायब निरीक्षक पक्राउ
  • काँचुली खबर

१२ मंसिर, बर्दिया । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियारले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे मुद्दाफाँटका सई साउदलाई रंगेहात पक्राउ गरेको हो ।

लागूऔषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै साउदले ४० हजार घुस मागेका थिए । उक्त घुससहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साउदमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • १२ मंसिर २०८०, मंगलवार १६:११ प्रकाशित
  • Nabintech