२० बैशाख २०८१, बिहीबार
विद्यालयमा भेन्डिङ्ग मेसिन, महिनावारीमा प्याडको सुविधा
  • काँचुली खबर

९ मंसिर, कोहलपुर । हरेक विद्यालयमा महीनावारी मैत्री शौचालयको निर्माण अपरीहार्य देखिएको विज्ञहरुले बताएका छन । सेनेटरी प्याड र उचित शौचालयको व्यवस्था नहुँदा अधिकाशं छात्राहरू महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने समस्या देखिएकाले जिल्लाका हरेक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गर्नुपर्ने माग बढ्दै गएको छ ।

पछिल्लो समय बाँकेका सामुदायीक विद्यालयहरुमा भेन्डिङ्ग मेसिन अर्थात सेनेटरी प्याड झिक्न मिल्ने मेसिन जडान गर्ने क्रम बढ्दै गएको छ । जस अन्तर्गत कोहलपुर नगरपालीका वडा नं. ७ लखनवारमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा भेन्डिङ्ग मेसिन सहीतको महीनावारी मैत्री छात्रा शौचालय निर्माण गरिएको छ ।

महिनावारी भएको समयमा छात्राहरुले आफुसँग भएको पैसा प्रयोग गरी आवश्कता अनुसारको प्याड मेसिनबाट झिकेर प्रयोग गर्न सक्छन ।

विद्यालयमा भेन्डिङ्ग मेसिन सहीतको महीनावारी मैत्री छात्रा शौचालय निर्माण भएपछि यहाँ अध्ययन गर्ने किशोरीहरुलाई प्याड फेर्न तथा प्रयोग गरेको प्याडको ब्यबस्थापन गर्न समेत सहज भएको विद्यालयका प्रधानाध्यापक दिनेश्वर प्रशाद यादवले बताए ।

प्रयोग भएका प्याडको डिष्पोजका लागि शौचालय मै अलग्गै डस्बिन समेत राखिएको उल्लेख गर्दै यादवले महिनावारी भएका समयमा सेनेटरी प्याड प्रयोग गर्न मिल्ने सरसफाइयुक्त शौचालय बिद्यालयमै भएकाले प्याड फेर्न घर जानुपर्ने बाध्यता हटेको जिकीर गरे । साथै विद्यालयमा छात्राहरुलाई महीनावारी र स्वस्च्छता सम्बन्धी समेत जानकारी दिने गरीएको यादवले बताए ।

छात्राहरूलाई रजश्वला अर्थात महीनावारी चक्रका बारेमा समेत शिक्षा दिने गरेको र रजश्वला भए विद्यालयबाटै सफा प्याड उपलब्ध गराउने व्यवस्था गरिएको यादवले बताए ।

कोहलपुर नगरपालिकामा रहेका सबै सामुदायिक बिद्यालयहरुमा भेन्डिङ्ग मेसिन जडान गर्न आवश्यक रहेको लुमन्ती आवासका लागि सहयोग समुह कोहलपुरका प्रमुख सुर्य कुमार खड्काले बताए । बिद्यालयमा भेन्डिङ्ग मेसिन सहीतको महीनावारी मैत्री छात्रा शौचालय निर्माण गरिएमा किशोरीहरुलाई निकै सहज हुने बताउँदै खड्काले यसका लागि लुमन्तीले बिगत देखि निरन्तर पहल गदै आएको बताए ।

  • ९ मंसिर २०८०, शनिबार १६:४८ प्रकाशित
  • Nabintech