टीम बाइपासको अध्यक्षमा पुनः आचार्य चयन
  • काँचुली खबर

२ मंसिर, नेपालगन्ज । टीम बाइपासको अध्यक्षमा संचारकर्मी ओबिराज आचार्यलाई चयन भएका छन । नेपालगन्ज उप महानगरपालिका वडा नं. १ र १८ का युवाहरुले गठन गरेको टीम बाइपासको दोस्रो कार्यकालका लागि संचारकर्मी आचार्यलाई पुन अध्यक्षमा चयन भएका हुन ।

संस्थाको उपाध्यक्ष नेत्र ज्ञवाली, सचिवमा सुनिल घिमिरे र कोषाध्यक्षमा निल बहादुर ओली चयन भएका छन भने सदस्यहरु हेमन्त अधिकारी, लक्ष्मण पन्थी र सुनिल उपाध्याय रहेका छन ।

समाज सेवालाई प्राथमिकता राखेको उक्त संस्थाले बिभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको छ । २ वटा वडाका युवाहरूले मुलत सामाजिक कार्य गर्ने उद्देश्यले २०७८ सालमा टीम बाइपासको स्थापना गरेका हुन ।

सस्थाले आफ्ना वडाहरुका बिपन्न नागरीक तथा घर नभएका रबहालमा बस्नेहरुका लागि समेत कृया बस्ने घर र सम्पुर्ण लाग्ने खर्चको ब्यबस्था समेत गर्दै आएको नवनिर्वाचित अध्यक्ष आचार्यले बताए ।

यसका अलावा संस्थाले सरसफाइको क्षेत्रमा समेत स्थानीय सरकारसँग सहकार्य गर्दै आएको आचार्यले बताए ।

  • २ मंसिर २०८०, शनिबार १७:१८ प्रकाशित
  • Nabintech