२७ बैशाख २०८१, बिहीबार
राखेपले क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई १३ लाख दिने
  • काँचुली खबर

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०२४ मा आयोजना हुने टि २० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्ष, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ । गत आइतबार सम्पन्न आईसीसी पुरुष टी-२० विश्व कपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो ।

  • २१ कार्तिक २०८०, मंगलवार १६:३९ प्रकाशित
  • Nabintech