२७ बैशाख २०८१, बिहीबार
एकै रात कोहलपुरका २ सहकारीमा चोरी
  • काँचुली खबर

२१ कात्तिक, कोहलपुर । सोमबार राती बाँकेको कोहलपुरमा रहेका दुई सहकारीमा चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको रझेना साना किसान सहकारी संस्था र बसन्त बचत ऋण सहकारी संस्थामा चोरी भएको हो ।

दुबै सहकारीमा एकै समूहले चोरी गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । रझेना साना किसान सहकारीबाट १ लाख ५० हजार नगद र कम्प्यूटरको हार्ड डिक्स चोरी भएको छ भने र सिसि टिभी फोडीएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बसन्त बचत ऋण सहकारीबाट ३ लाख ५० हजार चोरी भएको प्रारम्भिक अनुसन्धानमा देखीएको प्रहरीले जनाएको छ ।

चाडबाडका समयमा सुरक्षा चुनौती बढी हुने भएता पनि कोहलपुर प्रहरीको सक्रियत सन्तोषजनक नरहेको भन्दै सहकारीका शेयर सदस्यहरुले गुनासो गरेका छन ।

वसन्त बचत सहकारीका अध्यक्ष मुना कठायतले आफ्नो सहकारीमा चोरहरुले नगद राख्ने ढुकुटी समेत फोडेर नगद लगेको दाबी गर्दै कार्यालयमा रहेका अन्य बाकसहरुमा समेत क्षति पुर्याएको बताईन ।

मंगलवार विहान सहकारीका कर्मचारीले कार्यालय फोडिएको जानकारी दिए लगत्तै प्रहरीलाई खबर गरेको कठाएतले बताईन ।

ईलाका प्रहरी कार्यालयका प्रमुख सुन्दर तिवारीले घटनास्थलको मुचुल्का उठाउने कार्य भईरहेको उल्लेख गर्दै चोरीमा संलग्नको सुक्ष्म रुपले अनुसन्धान भईरहेको जानकारी दिए ।

  • २१ कार्तिक २०८०, मंगलवार १४:२३ प्रकाशित
  • Nabintech