६४ हजार नगद सहित नेपालगन्जबाट ९ जना जुवाडे पक्राउ
  • काँचुली खबर

२० कात्तिक, नेपालगन्ज । नेपालगन्ज-१० भृकुटीनगरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । गएराती करिब ११ः३० बजेको समयमा गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय बाँकेबाट गएको टोलिले ९ जना जुवाडे पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसिको नेतृत्वमा गएको टोलिले निर्मल थापाको घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए ।

उनिहरुको साथबाट ६४ हजार नगद बरामद गरिको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज-१० का निर्मल थापा, गणेश मल्ल र जेबि सोनी नेपालगन्ज-४ बस्ने जिवानन्द अधिकारी र वादल योगी, नेपालगन्ज-१८ बस्ने बिशल जोशी, नेपालगन्ज-१ बस्ने सागर गिरि, नेपालगन्ज-१० बस्ने आकाश ठकुरी र लम्की चुहा नगरपालिका-१ कैलाली बस्ने सागर रावत रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको छ ।

  • २० कार्तिक २०८०, सोमबार १३:४१ प्रकाशित
  • Nabintech