२७ बैशाख २०८१, बिहीबार
भुकम्पका घाईतेलाई मध्यनजर गर्दै तयारी अवस्थामा बाँकेका अस्पताल
  • काँचुली खबर

१८ कात्तिक, नेपालगन्ज । जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएकोको उपचारमा कुनै कमी कमजोरी नहोस् भनेर बाँकेमा रहेका अस्पताललाई तयारी अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले बिहान ३ः२१ बजे बाटै तयारी थालेको जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको उनले जानकारी दिए । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ ।

प्रजिअ पोखरेलले भने कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र लजिस्टिक किको प्रबन्ध मिलाइएको छ ।

हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २-२ वटा एम्बुलेन्स तैनाथ गरिएको उनले जानकारी दिए ।  ब्लडको मौज्दात रहेको र अपुग भएमा प्रेस ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

  • १८ कार्तिक २०८०, शनिबार ०८:१० प्रकाशित
  • Nabintech