२६ बैशाख २०८१, बुधबार
पछिल्लो अपडेट : जाजरकाेटमा ९२ र रूकुम पश्चिममा ३६ काे मृत्यु
  • काँचुली खबर

१८ कात्तिक, जाजरकोट । शुक्रबार राति गएकाे भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १२८ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए थियाे ।

भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९२ जनाकाे मृत्यु भएकाे छ भने ५५ जना घाईते भएका छन । यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाईते भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेबिन्द आचार्यले जानकारी दिए ।

यसैबिच भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जादै छन । १६ जनाकाे मेडिकल टिम र स्वास्थ्य सामग्री सहित प्रधानमन्त्री जाजरकोट पुग्दैछन ।

  • १८ कार्तिक २०८०, शनिबार ०७:३३ प्रकाशित
  • Nabintech