३० बैशाख २०८१, आईतवार
मेडिकल टिम लिएर भुकम्प प्रभावित क्षेत्र जाँदै प्रधानमन्त्री
  • काँचुली खबर

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं गएका छन् । मेडिकल टिम सहित खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६.४ म्याग्नेच्युडकाे भुकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रधानमन्त्री १६ जना स्वास्थ्यकर्मीको टोली र आवश्यक राहत सामग्री सहित प्रभावित क्षेत्रमा जान लागेको आचार्यले बताए । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् ।

भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।

उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गरीएकाे छ ।

  • १८ कार्तिक २०८०, शनिबार ०७:१० प्रकाशित
  • Nabintech