पेट्रोल छर्किएर जलाउन खोज्ने ब्यक्ति पक्राउ
  • काँचुली खबर

१७ कात्तिक, कोहलपुर । अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाई जलाउन खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्धेश्यका साथ अरुको शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोज्ने कनकासुन्दरी गाउँपालिका-१ का ३४ वर्षीय चन्द्र भण्डारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कात्तिक ७ गते राति साढे १० बजेको समयमा बैजनाथ गाउँपालिका ४, बोरिङटोल बस्ने अक्कल बहादुर भाम, कृष्णदेवी ऐडी, समीर भाम, बाबु रुपा भाम, दुधबहादुर भाम बसेको घरको कोठामा भण्डारीले पेट्रोल छर्किएर आगो लगाई ज्यान मार्ने उद्योग गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

भण्डारीलाई कात्तिक १४ गते बैजनाथ गाउँपालिका-६ मानखोलाबाट पक्राउ गरिएको उनले बताए । पक्राउ गरिएका भण्डारीलाई बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • १७ कार्तिक २०८०, शुक्रबार १६:४७ प्रकाशित
  • Nabintech