बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु
  • काँचुली खबर

१७ कात्तिक, बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका-५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार आज दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको थियो ।

मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको जनाएको छ ।

  • १७ कार्तिक २०८०, शुक्रबार १६:३६ प्रकाशित
  • Nabintech