२७ बैशाख २०८१, बिहीबार
खानेपानी बोर्ड निर्माणकालागी अध्ययन समिति गठन
  • काँचुली खबर

१६ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिका अन्तर्गतको खानेपानी तथा सरसफाई बोर्ड गठनकालागी अध्ययन समिति बनाईएको छ । बुधबार कोहलपुरमा भएको सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको छलफलले अध्ययन समिति गठन गरेको हो ।

कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरीएको लुमन्ती आवासका लागि सहयोग समूहका प्रतिनिधि लाल बहादुर बुढाथोकीले जानकारी दिए । लुमन्तीको ब्यवस्थापन तथा कोहलपुर नगरपालिकाको आयोजनामा बुधबार भएको छलफलमा बोर्ड गठनका बारेमा छलफल भएको थियो ।

गठन गरिएको समितिको सदस्यहरूमा सरोकारवाला निकायका प्रतिनिधि तथा संचारकर्मीलाई राखीएको बुढाथोकीले बताए । समितिले कोहलपुरमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्नुका साथै बोर्ड गठनकालागी अध्ययन गर्ने बताईएको छ ।

कोहलपुरभित्र हाल ४ वटा खानेपानी उपभोक्ता समिति चलाएमान अवस्थामा रहेका छन भने ३ वटामा आयोजनाको काम चलिरहेको छ ।

कोहलपुरका २४ हजार १ सय ८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक पर्ने एक तथ्यांकले देखाएको छ । जसमध्ये नगरभित्रका करिब २५ प्रतिशत उपभोक्ता मात्र स्वच्छ खानेपानीको पहुँचमा रहेका छन ।

खानेपानीको स्रोत सुक्दै गएकोप्रति सरोकारवालाहरुको चिन्ता

  • १६ कार्तिक २०८०, बिहीबार १५:२४ प्रकाशित
  • Nabintech