७ जेष्ठ २०८१, सोमबार
नेपालगन्जमा बजार अनुगमन, ३ पसललाई कारबाही
  • काँचुली खबर

१५ कात्तिक, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ ।

मंगलबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टाेलीले गरेकाे बजार अनुगमनको क्रममा रु. १७ हजार ७० मुल्यको म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र रु. ३० हजार ५ सय ९८ मुल्यको अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।

अनुगमन टाेलिले जमुनाह देखि बिपि चाेकसम्मका विभिन्न ५३ वटा पसलको अनुगमन गरेकाे थियाे। अनुगमनका क्रममा उपभोक्ता हित बिपरितका गतिबिधी गर्ने ३ पसललाई जनही रु. १०,००० का दरले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले जानकारी दिए ।

  • १५ कार्तिक २०८०, बुधबार १९:५२ प्रकाशित
  • Nabintech