३० बैशाख २०८१, आईतवार
‘सलमान र शाहरुख भेट्न हिडेका आले १४ वर्षपछि घर फर्किए’
  • काँचुली खबर

१४ कात्तिक, नेपालगन्ज । ११ वर्षको उमेरमा भारत गएका बाँकेका एक युवा १४ वर्षपछि घर फर्केका छन् । बलिउड नायकद्वय सलमान खान र शाखरुख खानलाई भेट्ने भन्दै घर छोडेर भारत गएका खजुरा गाउँपालिका-२ बहादुरगञ्ज (सैनिक) का आकाश आले घर फर्केका हुन् ।

घर छोडेर हिडेको छोरो १४ वर्षपछि भेटिँदा उनको परिवारका सदस्य निकै खुसी भएका छन । ‘गाउँघरमा हेराउनेले दक्षिणतिर छ भनेका थिए । छोरो मान्छे हो । इण्डियातिर भए एकदिन पक्कै आउँछ भन्ने लागेको थियो’, नेपालगन्ज बसपार्कको पश्चिम दक्षिणी मूल गेटमा आफन्तहरुसहित छोरा लिन आएका आकाशका बुवा अशोक आलेले आशावादी हुँदै भने, ‘लाड प्यारले हुर्काएका थियौं । जिउँदो भए एक न एकदिन अंश खोज्दै आउँछ भन्ने लागेको थियो । छोरो फर्कियो । निकै खुुसी छु ।’

बलिउड नायकलाई भेट्ने सपना अधुरै रहेका आकाश दिल्लीमा कुलतमा फस्छन् । त्यसपछि उनको जागिर पनि जान्छ । २५ जुन २०२३ मा उनलाई श्रद्धा रिहँबिलिटेशन फाउण्डेसन मुम्बइको टोलीले उद्दार गरेर दिल्लीस्थित ‘अपना घर’ आश्रममा राखेर बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. भरत भटवानीले चार महिना उपचार गर्छन् । डा. भटवानीले परिवारसँग पुनर्मिलन गराउन अनुमति दिएपछि फाउण्डेसनबाट समाजकर्ता सकिल अहमद नेपाल आएका हुन् ।

‘हाम्रो टोलीले सडकमा नशाले लठ्ठ भएको बेला उद्दार गरेका थियौं । मानसिक अवस्था कमजोर थियो । घर, परिवार र जिल्ला पनि भन्न सक्दैनथ्यो’, अहमदले प्रष्ट पारे, ‘सुरुमा त घर शिवपुरी काठमाडौं भन्यो । ठाउँ पत्ता लगाउन खोज्यौं, भेटेनौं । हामीले हिम्मत हारेनौं । खोज्दै जाँदा घर परिवार पत्ता लाग्यो ।’
मेरोखुसीबाट

  • १४ कार्तिक २०८०, मंगलवार १७:१२ प्रकाशित
  • Nabintech