थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
  • काँचुली खबर

१० कात्तिक, नेपालगन्ज । नेपालगञ्मा धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडान गरेको धानको थ्रेशर मेसिनमा मोटरसाइकल ठोक्किदा नेपालगञ्ज-८, त्रिभुवन चोकका ४० वर्षीय विनोदकुमार बाल्मिकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाल्मिकीले चलाएको भे ९ प ६०१ नम्बरको मोटरसाइकल बिहीबार राति उक्त थ्रेशर मेसिनमा ठोक्किएको थियो । थ्रेसर मेसिनमा मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी गम्भीर घाइते भएका बाल्मिकीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार १५:१७ प्रकाशित
  • Nabintech