२१ बैशाख २०८१, शुक्रबार
ड्रोन क्यामेराद्वारा नेपालगन्जको सुरक्षा व्यवस्थाको अनुगमन
  • काँचुली खबर

५ कात्तिक, नेपालगन्ज । दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको छ । घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोनमार्फत अनुगमन गरिएको हो ।

बिजया दशमीपछि मूर्ति विसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउन ड्रोन क्यामेरा उडाएर परीक्षण तथा अवलोकन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए ।

मूर्ति स्थापना गरिएका सबै स्थानमा प्रहरी पुग्न नसकेको अवस्थामा ड्रोन क्यामेरामार्फत पनि त्यहाँको वस्तुस्थिति बुझ्न सहज भएकाले ड्रोनको प्रयोग गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताए । उनले नगरको सुरक्षा व्यवस्था निकै सुदृढ रहेको जनाउँदै शान्ति र सद्भाव कायम गर्न सबैसँग अनुरोध गरिएको बताए ।

  • ५ कार्तिक २०८०, आईतवार १४:२७ प्रकाशित
  • Nabintech