दशैंमा ज्येष्ठ नागरिकलाई नयाँ कपडा
  • काँचुली खबर

२ कात्तिक, नेपालगन्ज । नेपाली काँग्रेस बराहाताल गाउँपालिका-४ का वडा सभापति एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गणेश भण्डारीले ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण गरेका छन् । दशैं मिलनको अवसरमा भण्डारीले पठाएको सहयोग ज्येष्ठ नागरिक महिलालाई बुधबार बितरण गरीएको बराहाताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले जानकारी दिए ।

ज्येष्ठ नागरिकको सम्मानकालागि ७० जना ज्येष्ठ महिलालाई गणेशले पठाएका बिभिन्न कपडा वितरण गरीएको भण्डारीले बताए ।

उनले भने, ‘हाम्रो समाजमा ज्येष्ठ नागरिकको योगदानको कदर गरिदिनुपर्छ भन्ने मान्यता स्थापित गर्नका लागि मैले सहयोग गरेको हुँ ।’

बराहाताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले युवा नेताको कामको प्रशंसा गरे । उनले नयाँ पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गर्न सिक्नुपर्ने बताए । शैक्षिक क्षेत्रमा फड्को मारेका गणेश भण्डारी नेपालगन्ज स्थित जिभिएन कलेजको सिइओ हुन ।

यसअघि भण्डारीकै अगुवाईमा रु. २४ हजार ८ सय रकम संकलन गरी ब्रेन ट्युमरको उपचार गराइरहेकी सुमित्रा बराललाई सहयोग समेत प्रदान गरिएको छ ।

  • २ कार्तिक २०८०, बिहीबार १३:४८ प्रकाशित
  • Nabintech