नेपालसामु हङकङ निरिह, ९४ रनमै अलआउट
  • काँचुली खबर

२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।

उसको सुरुवात नै निकै खराब रह्यो । १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ । दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल कामीले २-२ तथा कुशल मल्ल र मौसम ढकालले एक-एक विकेट लिए ।

  • २ कार्तिक २०८०, बिहीबार १२:४४ प्रकाशित
  • Nabintech